|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आइतवार भेटवार्ता भएको छ। आज अपरान्ह ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा भेटवार्ता भएको हो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टीभित्र समसामयिक बिषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा 'जुगल'ले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ६ जना सदस्य र ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सचिवालय बैठक स्थगित गरिएको थियो। 

प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट विभिन्‍न नियुक्ति गरेका थिए। ती राजनीति नियुक्तिबारे परामर्श नगरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतले असन्तुष्टि जाइरहेका छन्।  

सरकारले मुख्य सचिव नियुक्ति तथा विभिन्‍न देशका लागि राजदूत सिफारिस एकलौटी ढंगले गरेको भन्दै पार्टीको शीर्ष तहमा असन्तुष्टि बढेको छ। राजदूत सिफारिस, मन्त्रिपरिषद् पुनर्गठनबारे पनि छलफल हुने बताइएको थियो। 

यता, प्रदेश ५ को राजधानी दाङ बनाउन ओली-दाहाल सहमत भएका छन्। तर, महासचिव विष्णु पौडेल असन्तुष्ट बनेका छन्। महासचिव पौडेल प्रदेश राजधानी बुटवलमै राख्‍न चाहन्थे।  

अब सचिवालय बैठक कहिले बस्‍ने  जानकारी गराइएको छैन। पार्टीभित्र देखिएको यिनै बिषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.