|

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। असोज १९ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सभा गृहमा बसेको ५१औँ कार्यपालिका बैठकले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।  

‘बैठकले नेपाल भाषाको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने निर्णय गरेको छ।’ प्रमुख शाक्यले भने।

महानगरपालिकाले काठमाडौंको कला,संस्कृतिको संरक्षण गर्ने उदेश्यले २०७६ भदौ महिनामा पाठ्यक्रम निर्माणका लागि नगर शिक्षा समितिले तीन सदस्यीय समिति गठन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.