|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ। 

केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको हो। कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु असोज २६ गते सोमबारसम्म पूर्णरुपमा बन्द रहने सूचनामा उल्लेख छ। 

यसअघि परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण भएपछि असोज १५ देखि १८ गतेसम्म कार्यालयका सबै सेवा बन्द गरिएको थियो। असोज १९ गतेदेखि कार्यालय खोलिए पनि  परीक्षा नियन्त्रकको कन्ट्याक्ट ट्रेसिङमा परेका केही कर्मचारीमा संक्रमण देखिएपछि फेरि बन्द गर्नुपरेको कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.