|
फाइल फोटो

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ। पार्टीभित्रको समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो। 

ओली दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी काम, राजदूत नियुक्ति लगायतको विषयमा छलफल हुने बताइएको छ। 

भदौ २६ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको छ। त्यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति बन्न सकेको छैन। 

यस्तै, असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम सक्ने कार्ययोजना बनाउन जिम्मा दिएको थियो। सचिवालयले १० दिन दिएको मिति सकिसकेका छ। यता, प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मुख्यसचिव र राजदूत नियुक्ति गरेपछि अध्यक्ष दाहालसहितका नेताहरूले असन्तुष्टि जनाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.