|

उदयपुर : नेपाल पत्रकार महासंघ उदयपुर शाखाको दशौं अधिवेशनबाट अध्यक्षमा भरतबहादुर खड्का निर्वाचित भएका छन्। प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार खड्काले प्रेस युनियन र संघीय प्रेस युनियनका उम्मेदवार भक्तिविलास पोखरेललाई पराजित गरेका हुन्।

६९ मत खसेकोमा खड्काले ४१ र पोखरेलले २८ मत पाए। यसैगरी कार्य समितिको उपाध्यक्षमा भोटराज राई, समावेशी उपाध्यक्षमा बबिता परियार चयन भएका छन्। सचिव पर्शुराम थापा, खुल्ला सहसचिव बिदुर कटुवाल, सह सचिव समाबेशीमा गजेन्द्र राई निर्वाचित भएका निर्वाचन अधिकृत बद्रि काफ्लेले जानकारी दिए।

यसैगरी कोषाध्यक्षमा विश्वराज तामाङले जित हासिल गरेका छन्। कार्य समितिको सदस्य शुपराज राई, जीवनाथ दाहाल, यमकुमार राई, हरि ढकाल, ईश्वर बलम्पाकी, अजयकुमार साह, सुमित्रा कोइराला निर्वाचित भएका छन्।

यसैगरी केन्द्रीय पार्शदमा कौशल चेम्जोङ, श्याम राई, कुशलबाबु बस्नेत, हरि राई, नवीन राई, यदुप्रसाद ढकाल, अप्सरा समाल र सुजता ढुङ्गाना निर्वाचित भएका छन्।

प्रदेश पार्शदमा केदार थापा, ईश्वर तामाङ, विष्णुदेव चौधरी, राजेन्द्र चाम्लिङ, बाबुराम भण्डारी, टेकराज रिखाम, रुपा चाम्लिङ, लिलाप्रसाद निरौला, रवीन्द्र कुमार चौधरी, विज्ञान पराजुली र विकास बस्नेत निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.