|

भक्तपुर : ८ वर्षपछि बुधबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ। धेरै क्याम्पसमा विद्यार्थी संगठनबीच विवादका कारण चुनाव हुन नसकेपनि केही क्याम्पसमा उत्साहका साथ चुनाव भएका छन्।

भक्तपुरको सानोठिमी क्याम्पसमा बुधबार बिहानैदेखि स्ववियु चुनावमा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि नै विद्यार्थीहरु मतदानका लागि क्याम्पस गेटमा लाइनमा लागेका थिए। करिब ८ बजेदेखि मतदान सुरु भएको थियो। लगभग १ हजार ६ सय मतदाता रहेको सानोठिमी क्याम्पस स्ववियुमा मतदान हुन लागेको राजधानीभित्रको १ मात्र आंगिक क्याम्पस हो।

स्ववियु चुनावको विषयलाई लिएर मंगलबार बिहान क्याम्पस प्रमखको कार्यकक्षमा आगजनी भएको थियो। क्याम्पसलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ। 

सानोठिमी क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको प्यानल र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्यानल चुनावी मैदानमा छन्। विभिन्न अवरोधका बाबजुद आफ्नै मतद्वारा स्ववियु गठन गर्न पाउदा विद्यार्थीहरु हर्षित थिए।

हेर्नुस् फोटोहरु :

फोटोहरु : दिपक केसी/थाहाखबर

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.