|

गुल्मी : गुल्मीको रिडी बहुमुखी क्याम्पसमा रामप्रसाद पोखरेल स्ववियु सभापति निर्वाचित भएका छन्। बुधवार बिहान भएको निर्वाचनमा अनेरास्ववियुका पोखरेल सहित सबै प्यानलै बिजयी भएको निर्वाचन अधिकृत पवन ज्ञवालीले जानकारी दिए। गुल्मीमा ३ वटा क्याम्पसमा निर्वाचन भएको छ भने २ वटा क्याम्पसमा सहमतिमा स्ववियु पदाधिकारी र सदस्यहरु चयन भएको छ।  ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ।

बुधवार बिहानदेखि जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस, धुर्कोटस्थित परमानन्द बहुमुखी क्याम्पस र श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिवासमा निर्वाचन भएको छ। बिभिन्न संगठनबीच भएको सहमतिमा जिल्लाको जनज्योति बहुमुखी क्याम्पस पुर्कोट दहमा अनेरास्वरबियु क्रान्तिकारीकी सिर्जना घिमिरे र रुरु संस्कृत विद्यापीठमा नेविसंघका सुरेश रिजाल सभापतिमा निर्वाचित छन्।

गुल्मीमा बिभिन्न संगठनका विवादका कारण चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्य बहुमुखी क्याम्पस हसरा, मानकाटिकाराम बहुमुखी क्याम्पस तुराङ्ग, रुद्धाबती बहुमुखी क्याम्पस वामीटकसार र आर्दश बहुमुखी क्याम्पस दिगाममा स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.