|

सिन्धुपाल्चोक : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको १० औं अधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। श्रेष्ठले ६० मत ल्याएर प्रत्यासी युवराज पुरीलाई १ मतले पराजित गरे।

उपाध्यक्षमा ७१ मत ल्याई ज्ञानेन्द्र तिमल्सिना निर्वाचित भए। उनका प्रत्यासी टीका दाहालले ४८ मत ल्याए। महिला उपाध्यक्षमा गोमा खत्रीलाई पराजित गर्दै दुर्गा आचार्य विजयी भइन्।

सचिव दिनेश थापाले ६५ मत ल्याएर विजयी भए। उनले दिनेश दुलाललाई ११ मतले पराजित गरे। सह–सचिव खुल्लातर्फ किशोर बुढाथोकी, समावेशी सह–सचिवमा केदार माझी र कोषाध्यक्षमा विदुर गिरी निर्वाचित भए। निर्वाचन समितिका अनुसार समावेशी तर्फका तीन जना सदस्यमा सिर्जना बराल, नेत्र तामाङ र महिला सदस्यमा कमला तामाङ निर्वाचित भएका छन्। खुलातर्फका तीन सदस्यमा सुरेश बुढाथोकी, सुन्दर शिरीष र आदित्य दाहाल विजयी भए।

त्यसैगरी अधिवेशनबाट केन्द्रीय पार्शदमा सुरेश कसजू, रेवती सापकोटा, ऋषिराम पौडेल, माधव नेपाल, ध्रुव दंगाल, रामकृष्ण थापा, बालचन्द्र सापकोटा, राम केसी, सीताराम कोइराला, प्रमोद न्यौपाने निर्वाचित भएका छन् । महिला केन्द्रीय पार्शदमा लक्ष्मी पौडेल, विमला काफ्ले, शर्मिला ठकुरी निर्विरोध निर्वाचित भएका छन्।  

त्यस्तै  प्रदेश पार्शदमा जीवन श्रेष्ठ, चित्रकुमार मिजार, मनोज खतिवडा, कला अनुरागी, जगन्नाथ दुलाल, भरत चौलागाई, रुपक पुरी, रामचन्द्र नेपाल, ङेम्लिङ लामा, टंक खड्का, तिलक सापकोटा, दुर्गाप्रसाद दुलाल, सिद्धी श्रेष्ठ, चन्द्रकला खत्री, तारानाथ नेपाल, लालकाजी तामाङ र अनिरुद्र न्यौपाने निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.