|

कालिकोट : जिल्ला सदरमुकाम नजिकैको ताडीमा माटोको ढिस्कोले पुरिदा ताडी गाउँका १ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन्।

एकै गाउँका सात जना महिलाहरु घर पोत्ने माटो निकाल्न गएका बेला माथिबाट डोजरले खसालेको ढिस्कोले महिलाहरु पुरिएको प्रत्यक्षदर्शी नन्दकेश अधिकारीले बताए।

माटोको ढिस्को खस्दा मान्म ताडी ८ कि २८ बर्षीया सीता पाण्डेको मृत्यु भएको छ। घटनामा माम ९ कि सर्जन पाण्डे, वुद्धि पाण्डे, कलहरी पाण्डे, ८ कि विन्दु पाण्डे, रकु गाबिस ९ कि अम्बिका देवकोटा, मान्म ८ कि कमला पाण्डे, ९ कि बुची पाण्डे,  ७ कि आइती बिक र ९ कि सोनिमा पाण्डे घाइते भएकी प्रहरीले जनाएको छ।

घाइतेमा आइती बिक, कलहरी पाण्डे र सोनिमा पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.