|

हेटौडा :  नेपाल पत्रकार महासंघ मकवानपुरको १० औं अधिवेसनबाट अध्यक्षमा हरि हुमागाई निर्वाचित भएका छन्।

बुधबार विहान घोषित मत परिणाम अनुसार एमाले निकट प्रेस चौतारीका उम्मेदवार हुमागाईले माओवादी निकट प्रेस सेन्टर र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलका उम्मेद्वार नानिमैया विष्टलाई तीन मतले पराजित गरेका हुन्।  विजयी हुमागाईले कुल खसेको १ सय १३ मतमध्ये ४२ मत र  विष्टले ३९ मत प्राप्त गरिन्। अध्यक्षका अर्का प्रत्यासी गिरिजा अधिकारीले ३१ मत प्राप्त गरे।

त्यसैगरी महिला उपाध्यक्षको पदमा पनि चौतारीकै सरिता दाहाल (८८) ले संयुक्त प्यानलकी अञ्जली थापा(४७) मतले पराजित गर्दा खुल्ला उपाध्यक्षमा भने संयुक्त प्यानलका कुमार अधिकारी (६६) मतले विजयी भए। सचिवमा संयुक्तकै गणेश दर्पण अधिकारी(५७) विजयी भए। सहसचिव खुल्लामा चौतारीका धर्मेन्द्र दाहाल (५८) विजयी भए। सहसचिव समावेशीमा संयुक्तकी शुभलक्ष्मी विक (५७) विजयी भइन् भने कोषाध्यक्ष पदमा चौतारीका शिव चौलागाई (५४)  लाई २ मतले पराजित गर्दै संयुक्तका सुदीप सिवाकोटी (५६) विजयी भए।

सदस्यहरुमा जनजाति तर्फ चौतारीका चन्द्रबहादुर घलान, महिला तर्फ संयुक्तका सरला अधिकारी, खुल्ला तर्फ सुवास विडारी, कपिल खड्का, केशव समर्पण सुवेदी, एमपी शर्मा, पुष्पराज अधिकारी र अशोकसुजन श्रेष्ठ विजयी भए। मधेसी तर्फ चौतारीका मनिल महतो र दलित तर्फ चौतारीकै रुपक कालिराज विजयी भए।

त्यस्तै केन्द्रीय पार्शदमा प्रताप विष्ट, नरेन्द्र सापकोटा, होम कार्की, सरस्वती अधिकारी, दीपक अधिकारी, सुनिल खड्का, महेन्द्र श्रेष्ठ, ध्रुव अधिकारी, भानुभक्त आचार्य, नानिमैया कार्की, भावना रिजाल, राजन दाहाल खुशराज विजयी भए।

प्रदेश पार्शदतर्फ शिवकुमार काशी, राजन दाहाल, सुरेन्द्रमान प्रधान, पुर्णिमा गोले, शान्ति सुनार, रञ्जिता डंगोल, छविलाल श्रेष्ठ, ज्योति न्यौपाने, माधव न्यौपाने, रुपेश दुलाल, राजकुमार केसी, नुजाता सुबेदी, सविन न्यौपाने, मणlराज गौतम, कृष्ण सारुमगर, ऋषि केवी विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.