|

लमजुङ : लमजुङको बेसीशहर नगरपालिकाले कोरोना प्रतिकार्यमा हालसम्म ८७ लाख ३३ हजार ४ सय २६ रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले कोभिड १९ सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि हालसम्म भएको खर्च वितरण सार्वजनिक गरेको हो।

जिल्लाको सदरमुकाम र व्यापारिक केन्द्रसमेत रहेको बेसीशहरले विश्वव्यापी फैलिँदै गएको कोभिड १९ का कारण सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, औषधि तथा स्वास्थ्य सामग्री खरिद, राहत वितरण लगायतका शीर्षकमा आर्थिक वर्ष आर्थिक वर्ष ०७६/०७७ मा ७० लाख ३५ हजार ९ सय ५ रुपैयाँ र चालु वर्षको हालसम्म १६ लाख ९७ हजार ५ सय २१ रुपैयाँ खर्च भएको जनाएको छ।

स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहोराका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा नगरपालिकाको कोरोना नियन्त्रण कोषमा १ करोड १७ लाख ९७ हजार २८ रुपैयाँ रकम जम्मा भएको थियो। जसमध्ये क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा ६ लाख ३० हजार ३ सय ४०, क्वारेन्टिनमा बस्ने व्यक्तिरूलाई खाना तथा खाजामा ४ लाख ४० हजार ३ सय ३० र औषधिलगायत स्वास्थ्य सामग्री खरिदमा १४ लाख ५६ हजार ३ सय ५ खर्च भएको छ।

त्यस्तै, राहत वितरणमा मात्र ३२ लाख ६८ हजार ७५, स्वास्थ्य सहायतामा खटिने कर्मचारी तथा नगर प्रहरीको खाना खाजामा १ लाख ४६ हजार ८ सय ५, फोहोरमैला व्यवस्थापनमा एकलाख ४० हजार, क्वारेन्टिन सञ्चालन तथा जिल्ला विपद व्यवस्थापन समितिलाई ६ लाख १८ हजार ३ सय, अनुगमन निरीक्षणमा ९२ हजार १ सय र प्रचारप्रसारमा २ लाख ४३ हजार ६ सय ५० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्ष ०७७/०७८ मा कोरोना नियन्त्रण कोषमा ३० लाख रकम जम्मा भएकोमा हालसम्म १६ लाख ९७ हजार ५ सय २१ रुपैयाँ खर्च भएको छ। उक्त रकम क्वारेन्टिन निर्माण, स्वास्थ्य सामग्री खरिद,  क्वारिेन्टिनमा बस्नेलाई खाजा खाना, आइसोलेसन व्यवस्थापन लागयतका शीर्षकमा खर्च भएको नगरपालिकाले जनाएको छ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाले हरसम्‍भव प्रयास गरिएको बताउँदै नगप्रमुख गुमानसिंह अर्यालले संक्रमण जोखिम कायमै रहकोले अवस्थामा रोकथामका गतिविधिलाई नगरपालिकाले निरन्तराता दिने बताए। खर्चलाई पारदर्शी बनाउने सन्‍दर्भमा नगरपालिका कठिवद्ध रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.