|

कालिकोट : जिल्ला सदरमुकाम नजिकैको ताडी गाउँमा माटोको ढिस्कोले पुरिदा १ जनाको मृत्यु भएको छ। घटनामा ७ जना घाइते छन्।

'डोजरले घर बनाउन जग खन्दै गरेको थियो। त्यही बेला एकै गाउँका सात जना महिलाहरु घर पोत्ने माटो निकाल्न गएका थिए। अन्य गाउँका महिलाहरु पनि थिए। माथिबाट खसेको ढिस्कोले महिलाहरु पुरिए,' प्रत्यक्षदर्शी नन्दकेश अधिकारीले बताए। 

माटोको ढिस्को खस्दा मान्म ताडी ८ की २८ वर्षिया  सीता पाण्डेको मृत्यु भएको छ। वडा नं. ९ सर्जन पाण्डे, वडा नं.८ का १८ वर्षिया बिन्दु पाण्डे, वडा नं. ९ का २२ वर्षिया बुद्धि पाण्डे, २६ वर्षिया कलहरी पाण्डे, रकु गाबिस वडा नं. ९ का १८ बर्षिया अम्बिका देवकोटा, मान्म ताडी ८ का १५ पर्षिया कमला पाण्डे, वडा नं ९ का ६५ वर्षिया बुची पाण्डे, वडा नं. ७ का ४० वर्षिया आइती वि.क. र वडा नं. ९ का २८ वर्षिया सोनिमा पाण्डे घाइते भएको प्रत्यक्षदर्शी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। 

घटनामा आइती विक, कलहरी पाण्डे र सोनिमा पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.