|

काठमाडौं :  दशैँ नजिकिएसँगै देवीका मूर्तिहरू बनाउने चटारो पनि बढ्न थालेको छ। 

ललितपुरको बुसिङल सानेपाका कलाकारहरुलाई मुर्ति बनाउने र तिनीहरुको श्रृंगारपटार गर्न भ्याई नभ्याइ छ। नवदुर्गा भगवती,लक्ष्मी, कुमार र गणेश तथा तिनीहरूका बहानहरू धमाधम निर्माण भइरहेका छन्।   

तर गत वर्षको जस्तो यो वर्ष बिक्री भने नभएको मुर्तिकार श्यामलाल पण्डित बताउँछन्। पहिले परिवारले नभ्याएर कालिगड बोलाउनु पर्थ्यो तर यस वर्ष भने त्यस्तो नभएको उनको भनाइ छ।  

लकडाउनका कारण विश्वकर्मा मुर्ति पनि बिक्री भएन।  मुर्तिको मुल्य ७ हजारदेखि ६५ हजारसम्म पर्ने पण्डित बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.