|

पर्वत : गण्डकी प्रदेशमा शुक्रबार बिहान ६ जिल्लाका ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको संख्या पाँच हजार ४०९ पुगेको छ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमणको पुष्टि भएको जानकारी दिइएको छ। थप भएका संक्रमितहरूमा तनहुँको ऋषिङ गाउँपालिका–४ का एक, ब्यास नगरपालिका–३ का पाँच, लमजुङको सुन्दरबजार नगरपालिकाका दुई रहेका छन्। यस्तै, बाग्लुङको गल्कोट नगरपालिका–४ का दुई, वडा नम्बर ६ का तीन, वडा नम्बर ९ का एक र वडा नम्बर ७ का एक जना रहेका छन्। 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६ का दुई, वडा नम्बर १७ का एक, वडा नम्बर १३ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ५ का दुई, वडा नम्बर ११ का एक र वडा नम्बर १५ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, कावासोती नगरपालिका–८ का पाँच र वडा नम्बर ३ का एक जनामा पनि संक्रममण पुष्टि भएको छ। 

गोरखाका चारजनामा संक्रमण पुष्टि भएको छ। उनीहरू पालुङटार नगरपालिका–१ का एक, वडा नम्बर २ का एक र वडा नम्बर ५ का दुईजना रहेका छन्। कास्कीका १९ जनामा संक्रमण देखिएको छ। संक्रमितहरु पोखरा महानगरपालिका–५ का दुई, वडा नम्बर २७ का चार, वडा नम्बर ३२ का एक, वडा नम्बर २९ का पाँच, वडा नम्बर ३० का दुई, वडा नम्बर ८ का एक, वडा नम्बर १२ का एक, वडा नम्बर २६ का एक, वडा नम्बर २८ का एक र वडा नम्बर ९ का एकजना रहेका छन्।

थपिएका सबै जना कन्ट्रयाक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.