|

काठमाडौं  : गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। बागलुङका २५ वर्षे पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  ढोरपाटन नगरपालिका २ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो।  

ती पुरुष सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए। गण्डकीमा सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो। योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। 

यसै गरी प्रदेशमा  थप ३७ जना कोरोना संक्रमित थपिएका छन्।  क्षयरोग उपचपार केन्द्र पोखरामा गरिएको परिक्षणमा सात जिल्लाका ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको हो। आज थपिने संक्रमितमध्ये नवलपरासीका १६ जना छन्।  यस्तै गोरखामा ९ जना, स्याङ्जा र लमजुङमा चार-चार जना, बागलुङमा दुई जना थपिएका छन्। कास्की र पर्वतमा एक-एक जनामा कोरोना पुष्टि भएको छ। गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ७१ पुगेको छ। तीमध्ये तीन हजार चार सय ८८ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.