|

सुर्खेत :  वीरेन्द्रनगरबाट साटाखानी तर्फ जाँदै गरेको ट्रक बुधबार बिहान ११ बजे तिर दुर्घटना हुँदा चालक र सहचालक सहित ७ जना घाइते भएका छन्।

वीरेन्द्रनगर नगरपालिका १३ भुतचोक नजिकै भे १ ख २२४६ नम्बरको लोड सहितको ट्रक सडकबाट करीब ३० मिटर तल खसेको खबर आएसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार आचार्य सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेहरुलाई उद्धार गरेको छ। ट्रक दुर्घटनामा घाइते हुनेहरुमा दैलेख मेहेलतोलीका सन्तोष के.सी., सुर्खेत वीरेन्द्रनगरका कमला वि.क., वीरेन्द्रनगरकै सिता चौधरी, सुर्खेत साटाखानीका हरिमाया खाम्चा र उनका ३ महिनाका छोरा दिनेश खाम्चा, ट्रक चालक टोप बहादुर सोमाई र  (चालक) र वीरेन्द्रनगरकै बिमा खाम्चा छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.