|

डडेल्धुरा : डडेल्धुराका दुई प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका ६ जनामा कोरोना देखिएको हो।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना प्रहरी, अमरगढी नगरपालिकाका वडा नं। ३,  ५ र ८ का एक–एक जना र आलिताल गाउँपालिका–५ का एक जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशाला ईश्वरीप्रसाद भुषालले जानकारी दिए। 

No description available.

कोरोना संक्रमण देखिएका प्रहरीहरु बिदामा तराई गएको र घरबाट आएपछि क्वारेन्टाइन अवधि पूरा गरेर कोरोना जाँच गराउँदा पोजेटिभ रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। उनका अनुसार संक्रमित दुबै प्रहरी जवान हुन्। उनीहरु हाल प्रहरीकै आइसोलेसनमै छन्।

जिल्लामा पहिलो पटक प्रहरीमा पनि कोरोना देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.