|

सुर्खेत : कोरोना भाइरसबाट सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका-२ का २२ वर्षे युवकको कोरोनाबाट मृत्यु भएको हो।

प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्दागर्दै बिहीबार साँझ मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबबार जारी गरेको विज्ञप्तिअनुसार उनी बुधबार एक्कासि बेहोस भएका थिए। शौचालय गएको समयमा एक्कासि मुखमा फिज आएको र बेहोस अवस्था भेटिएपछि सोही दिन राति ११ बजे  प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो। स्वास्थ्य जाँच गर्दा उनको फोक्सोको बाहिरी भागमा हावा भरिएको थियो।

कोरोना आशंका लागेर उनको बिहीबार नै स्वाब संकलन गरिएको थियो। तर, रिपोर्ट नआउँदै बिहीबार साँझ ५ बजे उनको मृत्यु भएको मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

बिहीबार साँझ करिब ७:३० प्रदेश अस्पाताल/पशुपन्छी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणले उनको कोरोना पुष्टि भएको थियो। योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.