|

काठमाडौं: पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै कोरोना संक्रमणकै कारण मृत्यु हुनेकोे कुल संख्या ७ सय १५ पुगेको छ।

त्यस्तै, शुक्रबार देशभर ४३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।  आज देशभर ३५ सय २२ संक्रमित कोरोनामुक्त भएका छन्। कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ८  प्रतिशत हुन आउँछ।

नेपालमा हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ जार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४६ जना होम आइसोलेसनमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.