|

काठमाडौं : नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको ग्राफ बढ्दो छ। गएको २४ घण्टामा देशभर  ४३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी शुक्रबारको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएअनुसार पाँच सय भन्दा बढी संक्रिय जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, चितवन,दाङ,बाँके,रुपन्देही,काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला गरी ११ जिल्ला रहेका छन्।

उनले आज देशभर ३५ सय २२ संक्रमित कोरोनामुक्त भएको जानकारी दिँदै २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको जानकारी दिए। पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.