|

काठमाडौं : बाँकेको भेरी अस्पतालले कात्तिक १ गतेबाट गरिब तथा विपन्न नागरिकहरुको इमर्जेन्सीमा निशुल्क उपचार गर्ने भएको छ। आकस्मिक उपचारको लागि सेवा लिन आएको समयमा खर्च नभएका बिरामीलाई निशुल्क उपचार गरिने भएको अस्पतालका मेसु डा. प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा उक्त कुरा बताइएको छ।

संवैधानिक व्यवस्थालाई स्वास्थ्य सेवा ऐन २०७५ को दफा ४ बमोजिम र सोही ऐन को दफा ६४ बमोजिमले दिएको अधिकार प्रयोग गरि गरिब तथा विपन्न वर्गलाई अस्पतालले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको हो।

नेपाल सरकारको आ.व ०७७/०७८ को नीति तथा  कार्यक्रममा घोषणा भएबमोजिम पहिलो चरणमा नेपाल सरकारद्वारा देश भरका जम्मा १५ वटा अस्पतालहरुबाट गरिब तथा विपन्न नागरिकहरुलाई तथा आकस्मिक उपचार गराउन निर्देशन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.