|

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले विदेशी ऋण राष्ट्रिहतविपरीत हुने बताएका छन्। शुक्रबार एक ट्विटमार्फत उनले विदेशी ऋण लिने  र जनशक्ति विदेश पठाउने कार्यमा होडबाजी गर्न नहुने उल्लेख गरेका छन्। 

साथै उनले राष्ट्रिय स्रोतको अत्यधिक सदुपयोग र जनशक्तिलाई देशको विकास र उन्नतिका लागि परिचालन गर्न सके मात्र समृद्धि हासिल हुने बताएका छन्। 

एमसिसीको अध्ययन कार्यदलको सदस्यसमेत रहेका उनले राष्ट्रिय स्वाधीनताका सवालमा केही संशोधन गरेर मात्र एमसिसी स्वीकार्नुपर्ने बताउँदै आएका छन्। उनको यो अभिव्यक्ति बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजनालक्षित पनि छ। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.