|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्‌ २०१६ देखि अहिलेसम्म बिग हिटर विरुद्ध बढी वाइड फाल्ने प्रवृत्ति देखिएको छ। जसमा रसेल नम्बर एकमा परेका छन्।

आइपीएलमा ब्याट्सम्यानहरु आन्द्रे रसेल, किरन पोलार्ड र हार्दिक पांड्या बिग हिटरका रुपमा परिचित छन्। त्यसैले यी खेलाडीको पिटाइबाट जोगिन तथा मोमेन्टम चेन्ज गर्न बलरहरुले वाइड बल फाल्ने गर्छन।

​२०१६ देखि बिहिबारसम्मको खेललाई हेर्दा रसेललाई बलरले हरेक १२ बलमा एक वाइड फाल्ने गरेका छन्। जब कि विलयम्सनलाई ६२ बलमा एक वाइड फालिने गरिएको छ। 

समग्रमा हरेक २८ बलमा एक वाइड हुने गरेको छ। रसेलको स्ट्राइक रेट १८६ को रहेको छ। उनले गर्ने १०० बलमा ८ वाइड पाउने गर्छन्‌।

​औषतमा रसेल हरेक १२.२ बलमा वाइड पाउने गरेका छन् भने हार्दिकले १३, पोलार्डले १५.२ जडेजाले १६ म्याकुलमले १७.७ गेलले १७.७ मा पाउने गरेका छन्। 

डेथ ओभरमा धेरै

पावर प्ले मा हरेक बलरले २८ बलमा एक वाइड फ्याँक्ने गरेको तथ्याङ्कले देखाउँछ। जसमा ७.१५ ओभरमा हरेक ३४ बलमा एक वाइड औषत रहँदा डेथ ओभरमा भने हरेक २१ बलमा वाइड हुने गरेको छ। अर्थात, धेरै रन रोक्ने प्रयासमा बलरले बढी अतिरिक्त रन दिने गरेका छन्।

सर्वाधिक कम वाइड पाउने ब्याट्सम्यानहरुमा भने विलियम्सन, शुभम गिल, रायडु, सैमसन, सुर्यकुमार यादव रहेका छन्। 

जारी सिजनमा पोलार्डको स्ट्राइक रेट उच्च

जारी सिजनमा १५० बढी रन बनाउने खेलाडीको स्ट्राइक रेट बनाउने खेलाडीमा पोलार्ड १८९ को साथमा सर्वाधिक उच्च स्थानमा छन्।

त्यस्तै डिभिलियर्स १८५ सहित दोस्रोमा रहँदा निकोलस पुरन १७७ सहित तेस्रो तथा मार्कुस स्टोइनिस १६२ सहित पाँचौ नम्बरमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.