काठमाडौं : यिङयाङ उसु कुङफु टिमले ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ का विद्यार्थीहरुलाई सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई टिमले सहयोग गर्दै आएको छ।
शुक्रबार गाउँपालिका उपाध्यक्ष मिङमा लामाले अभिभावक गुमाएकी एक बालिकालाई छात्रावृत्ति र अन्यलाई कपडा वितरण गरेकी हुन्। कुङफु खेलाडी निमा स्याङबो तामाङका अनुसार टिमले कोरोनाका कारण विद्यालय जान नपाएर घरमै बसेका बालबालिका तथा कशोरकिशोरीलाई खेलकुदमा सहभागी गराउन विभिन्न अभियानहरु पनि सन्चालन गरिरहेको छ ।
यस्तै, पछिल्लो समय किशोरकिशोरीहरु कुलतमा फसेको पाइएकाले जनचेतनामुलक कार्यक्रमहरु पनि सन्ञ्चालन गर्ने लक्ष्य तयारी रहेको खेलाडी स्याङबोले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।