|

काठमाडौं : युएईमा जारी १३ औँ सिजनको आइपिएलमा आज हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स खेल्दै छन्। यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ।

जारी सिजनमा दिल्लीले ८ म्याच खेल्दा ६ म्याचमा जित हासिल गर्दै १२ अंक जोडिसकेको छ। र, दिल्ली आज विजयी भएमा फेरि दोस्रोबाट शीर्ष स्थानमा उक्लिने छ।

सिएसकेले भने ८ म्याचमा तीन खेलमा जित हासिल गरेको छ। गत सिजन उपविजेता चेन्नईले तालिकामा ६ अंक जोडेको छ।

सिएसके र दिल्लीबीच भएका पछिल्ला पाँच म्याचमा दिल्ली २ खेलमा विजयी भएको छ। जारी सिजनमा पनि दुबै टिममा गत सिजनकै कप्तान छन्। दिल्लीमा श्रेयस अय्यर र सिएसकेमा महेन्द्रसिंह धोनी कप्तान रहेको छन्।

चेन्नेईविरुद्ध सन्दीपको सम्भावना कति?

लगातार आठ म्याचमा बेन्चमा बसिररहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि प्लेइङ–११ मा मौका पाउने सम्भावना न्यून छ। अघिल्लो म्याचमा राजस्थान रोयल्सलाई हराएर लयमा देखिएको दिल्लीले आजको खेलमा पनि प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना कम छ।

मौका पाएका खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले दिल्ली आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिने मनसायमा छ।

राजस्थानविरुद्ध विदेशी कोटाबाट मौका पाएका कागिसो रबाडा, एनरिक नोर्खिया, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई नै आज दिल्लीले प्लेइङ–११ मा समेट्ने पक्का जस्तै छ। आजको खेलमा ऋषभ पन्त उपलब्ध भए क्यारीले मौका नपाउने सम्भावना पनि छ।

पन्त चोटका कारण विश्राम गरिरहेकाले क्यारीले मौका पाएका छन्। दिल्लीसँग क्यारी र पन्तबाहेक अन्य विकेटकिपर छैनन्। जसकारण एलेक्सले पन्त विश्राम गरिरहेको फाइदा लिइरहेका छन्।

यदि आज क्यारीले विश्राम पाएमा उनको स्थानमा बेन्चमा बसिरहेका शिमरोन हेटमायर, सन्दीप लामिछाने, डानियल साम्स र किमो पउलमध्ये एक जनाले मौका पाउन सक्छन्।

पहिलो खेलमा बैंग्लोरविरुद्ध खेल्दै राजस्थान

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर छैटौं जितको खोजीमा हुनेछ। अघिल्ला ८ खेलमा बैंग्लोरले ५ जितसहित १० अंक जोडेको छ।

बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा छ। बैंग्लोर राजस्थानलाई हराएर शीर्ष दुईभित्र उक्लन चाहन्छ। 

उता स्टिभ स्मिथको कप्तानी रहेको राजस्थान पनि बैंग्लोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ। ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा छ।

बैंग्लोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ। साथै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ। यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो।

बेंग्लोरको सम्भावित प्लेइङ–११

आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, शिवम दुबे, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल

राजस्थानको सम्भावित प्लेइङ–११

जोस बटलर, बेन स्टोक्स, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवटिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, कार्तिक त्यागी र जयदेव उदानकट
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.