|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर  थप ३१६७  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर १८ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ८९ हजार ५४०  पुगेको छ।

नेपालमा हाल ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ जार ३९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४३८ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.