|

काठमाडौं : त्रिवि शिक्षण अस्पतालको आइसियुमा रहेका डा. गोविन्द केसीलाई आज क्याबिनमा सारिएको छ। स्वास्थ्यमा क्रमिक सुधार आएसँगै डा. केसीलाई क्याबिनमा सारिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै यसपटक १९ अनसनमा बसेका डा. केसीले २८ औं दिनमा अनसन तोडेपछि उनलाई आइसियुमा लगिएको थियो। सरकारसँग ८ बुँदे सहमति भएपछि उनले एक साताअघि असोज २५ गते आइतबार बिहान १० बजे जुस पिएर अनसन तोडेका थिए। भदौ १९ गतेदेखि जुम्लाबाट अनसन थालेका उनलाई अनसनको ९ औं दिनमा काठमाडौं ल्याइएको थियो।

सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागे समेतको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम् मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ।

यस्तै प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिको अन्तिम चरणमा रहेको छ। हाल विस्तृत परियोजना प्रस्ताव सम्बन्धि कार्य प्रारम्भ भइसकेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.