|

भक्तपुर : भक्तपुरको सल्लाघारीमा दशैंका लागि ल्याइएका च्याङ्ग्राको बिक्री वितरण शुरु गरिएको छ। मुस्ताङबाट शनिबार सल्लाघारी ल्याई पुर्याइएका च्याङ्ग्रा जिउँदो प्रतिकिलो एक हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ। यो हालसम्म कै महँगो हो।

व्यापारीले कोरोना महामारी र लकडाउनको बहाना गर्दै यस वर्ष च्याङ्ग्राको मूल्य उच्च बृद्धि गरेको हो। कोरोनाकै कारण चीन स्वशासित तिब्बतबाट समेत दशैंका लागि भेंडा च्याङ्ग्रा नेपाल नआएपछि व्यापारीले मूल्य बृद्धि गरेको हो।

विगतका वर्षमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत दशैंका लागि खसी, बोका, भेंडा । च्याङ्ग्रा बिक्री वितरण गर्दथ्यो। यस वर्ष कोरोनाका कारण खाद्यले खसी र बोका मात्र बिक्री गर्ने तयारी गरेको छ। खाद्यले च्याङ्ग्रा नल्याएको मौका छोपी व्यापारीले आफू खुसी मूल्य निर्धारण गरेको उपभोक्ताको गुनासो छ।

शनिबार मुस्ताङबाट ४०० वटा च्याङ्ग्रा शनिवार भक्तपुरको सल्लाघारी ल्याई पुर्याइएको हो। मुस्ताङको जोमसोम, म्याग्दीको बेनीहुँदै १६ औं दिनमा च्याङ्ग्रा सल्लाघारी ल्याई पुर्याएको व्यापारी गोपाल पौडेलले बताए। उनले भने, ‘मुस्ताङदेखि बेनीसम्म पैदल र त्यसपछि पाँचवटा बसमा चढाएर आज १६औं दिनमा ल्याई पुर्याएका हौं।’

सिन्धुपाल्चोक घर भई हाल काठमाडौं काभ्रेस्थली बस्ने पौडेलले १५ वर्षदेखि दशैंका लागि मुस्ताङ र चीन स्वसाशित तिब्बतबाट भेंडा तथा च्याङ्ग्रा ल्याउने गरेको बताए।

कोरोना महामारी र लकडाउनका कारण तिब्बतबाट भेंडा च्याङ्ग्रा नआएको र मुस्ताङ मै महँगो परेकाले यस वर्ष काठमाडौंमा महँगो परेको उनको भनाइ छ। उनले भने, ‘बाटोमा ल्याउँदा स्थानीय तहमा कर तिर्नु परेको, पशु क्वारेन्टाइन, स्वास्थ्य जाँच र बेनीबाट काठमाडौं ल्याउन बस भाडा समेत बृद्धि भएकाले च्याङ्ग्राको मूल्य बृद्धि हुन गएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.