कुलमानको ध्यान ट्रान्समिसन लाइन विस्तारमा

|

काठमाडौं : उर्जामन्त्री जनार्दन शर्माले आगामी २ वर्षभित्र ग्यास विस्थापित गरिने घोषणा गरेका छन्। मंगलबार मात्रै  प्रधामन्त्री पुष्पकम दाहाल प्रचण्डले  आगामी जेठ महिनादेखि देशभर लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जनाएकोमा उर्जा मन्त्रीले भने विद्युतको खपत बढाउन ग्यास विस्थापित गर्ने योजनामा रहेको बताए।

बुधबार जलश्रोत तथा उर्जा पत्रकार संघले गरेको अन्तरक्रियामा मन्त्री शर्माले उक्ता योजना सुनाएका हुन्। कार्यम्रममा निजी क्षेत्रका अधिकारीहरुले उर्जा खपतको योजना अघि सार्न आग्रह गरेपछि मन्त्री शर्माले सरकार ग्यास विस्थापीत गर्ने योजनामा रहेको बताए। 'थुप्रै मेगावाट उर्जाको देशभित्रै खपत गर्न सकिन्छ, अगामी २ वर्षपछि हामीले ग्यास विस्थापित गर्ने योजना बनाएका छौं', शर्माले भने, 'यसमा पनि थुप्रै ग्यास खपत हुन्छ।' अहिले मासिक २ सय ७८ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको उनले बताए।

मन्त्री शर्माले उर्जा उत्पादकहरुलाई कहाँ बिक्री होला भन्दै विद्युत उत्पादनमा निरुत्साहित गर्ने प्रवृत्ति अहिले पनि रहेकोले त्यो प्रवृति त्याग्न आग्रह गरे। उनले सरकारको ध्यान उर्जा बिक्रीमा भन्दा पनि उर्जा खपतमा रहेको बताए। शर्माले भने, 'यहाँ हामीलाई विद्यूत पुगको छैन वर्षौ पहिले देखि उत्पादित विजुली कहाँ बेच्ने कुरा गरिएको छ। विद्यूत बेच्ने कुरा हाम्रो प्राथमिकता हैन।' जति सक्यो बढी उर्जा खपत गर्‍यौ भने मात्रै देश समृद्ध हुन्छ देश समृद्धि बनाउनै बाटो तर्फ लाग्न उर्जा उत्पादकहरुलाई उनले आग्रह गरे। 'अहिलेकै अवस्थामा पनि १० हजार मेगावाट विद्युत देश भित्र खपत हुन्छ' उनले थपे। शर्माले झण्डै ८ सय गाउपालिका रहेको र ती गाउपालिका आफै सक्षम हुनकालागि उर्जा आवश्‍य पर्ने बताए। उनले भने,'देश संघियतामा जादा समेत उर्जाको माग धेरै बढ्नेछ।'

मन्त्री शर्माले जलविद्युत आयोजनाको निर्माणमा प्रत्यक्ष जनताको लगानी हाल्ने तर्फ सरकार केन्द्रित भएको समेत बताए। उनले कर्णाली चिसापानी आयोजनबाट 'नेपालको पानी जनताको लगानी' नारालाई सार्थकता दिने बताए। 'देशको लिक्विडिटीमा जनताको लगानी हुनुपर्छ यसको सुरुवात कर्णाली चिसापानीबाट मैले गर्दै छु, त्यो आयोजना निर्माणको लागि प्रत्येक परिवारको १ लाख बराबरको सेयर उठाउन मैले सम्झौता गरेको छु', शर्माले जानकारी दिए।

कुलमानको ध्यान ट्रान्समिसन लाइन विस्तारमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको ध्यान ट्रान्समिसन लाइन विस्तारमा रहेको बताएका छन्।

घिसिङले निजी क्षेत्रले उत्पादन गरेका आयोजनाबाट क्षेमता अनुसार विजुली ल्याउनको लागि पनि ट्रान्समिसन लाइनको विस्तार आवश्‍यक रहेको बताए। 'केही समयमा निजी क्षेत्रका धेरै आयोजना निर्माण हुँदैछन्, अहिले उत्पादित विजुली पनि पूर्ण क्षमतामा ल्याउनको लागि हाम्रो ध्यान ट्रान्समिसन लाइन विस्तारमा गएको छ', घिसिङले भने, 'म आफै यसै कामममा लागेको छु।' 

गत वर्षको तुलनामा पीक आवरमा माग अहिले कम भएता पनि घट्दो मागको रुपमा लिन नहुने घिसिङले बताए। 'हामीलाई जनताले सहयोग गरेर विजुली कम खपत गरेर माग घट्न गएको हो यसलाई घट्दो मागको रुपमा लिन हुदैन', उनले भने, 'अहिले ३ हजार मेगावट सप्लाई गर्न सकिन्छ।' गत वर्ष पीक आवरमा १४ सय ७० मेगावट विद्युतको माग रहेकोमा अहिले १२ सय ५० मेगावाट मात्रै रहेको उर्जा मन्त्रालयको तथ्यांक छ।

घिसिङले अब प्राधिकरणले बनाउने सबै विद्यूत आयोजनाहरु कम्पनी मोडलेमा बन्ने समेत बताए। दुशकोशी, अपर मोदी लगायतका आयोजनाको कम्पनी खडा भइसकेको समेत उनले बताए।

विद्युत खपत बढाउन निजी क्षेत्रको माग

निजी क्षेत्रले भने विद्युत खपत बढाउनको लागि उर्जा मन्त्रालयसँग आग्रह गरेका छन्। जलविद्युत आयोजनाहरुको निर्माण कार्य लक्ष्य अनुरुप भएको बताउदै खपत बृद्धिमा ध्यान दिनु पर्ने उनीहरुले बताए।

स्वतन्त्र उर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष खड्ग बहादुर बिष्टले विद्युत खपत बृद्धिको लागि योजजना बनाउन आग्रह गरे। 'हाम्रो लक्ष अनुसार नै जलविद्युत आयोजना निर्माण हुँदै गएका छन्', विश्‍वकर्माले भने, यसको खपत बृद्धिमा प्राधिकरणले योजना बनाउन जरुरी छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.