|

रुकुम : रुकुमका ३ क्याम्पसमध्ये बुधबार स्ववियु निर्वाचन भएका २ क्याम्पसमा अखिल क्रान्तिकारी  विजयी भएको छ। एउटा क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित भयो।

राडिज्युला शिक्षा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्यानल भारी मतका साथ विजयी भयो। ५९ मतदाता मध्ये ४४ मत खसेकामा ३५ मत ल्याएर सभापतिमा क्रान्तिकारीका खुमराज ओली विजयी भए। उनका प्रतिद्धन्दी एमाले निकट अनेरास्ववियुका रमेश हमालले ६ तथा नेपाल विद्यार्थी संघका समिर शाहीले १ मत प्राप्त गरे।

१ मत भने बदर भयो। त्यस्तै सचिवमा २५ मतका साथ शसिराम भण्डारी र कोषाध्यक्षमा ३३ मतका साथ बिन्दु शाही निर्वाचित भएकी छन्। सदस्यमा ३३ मत ल्याएर विपना शाह, ३१ मत ल्याएर चाँदनी चन्द र ३२ मत ल्याएर आस्था मल्ल निर्वाचित भइन्।

मुसिकोट खलंगा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण केसी सर्वसम्मत भए। जिल्लाका विद्यार्थी संघ संगठनबीचको सहमतिमा केसी सभापतिमा चयन भएका हुन्। उपसभापतिमा कांग्रेस निकट नेविसंघका चिरञ्जिवि मल्ल, सचिवमा वैद्य निकट अखिल क्रान्तिकारीका दिपक विष्ट, सह- सचिवमा एमाले निकट अनेरास्ववियुका तिलक पुन र कोषाध्यक्षमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सृजना खड्का निर्वाचित भए।

सहमतिका आधारमा अखिल क्रान्तिकारीले २ पदाधिकारी सहित ७ सदस्य, अनेरास्ववियुले १ पदाधिकारी सहित २ सदस्य, नेविसंघले र वैद्य अखिल क्रान्तिकारीले १\१ पदाधिकारी र नयाँ शक्ति नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियनले १ सदस्य पद पाए।

जहारी क्याम्पसमा भने असहज परिस्थितिका कारण चुनाव गराउने वातावारण नभएपछि चुनाव स्थगित गर्नुपरेको क्याम्पसले सूचना टाँसेर जानकारी दिएको छ। जिल्लाका ४ ओटा क्याम्पसमा यसअघि नै अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित भैसकेको छ भने शितल क्याम्पस चौरजहारीमा सहमतिमा नेतृत्व चयन भएको थियो।

जिल्लाका सिम्रुतु शिक्षा क्याम्पस रुघाँ, सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोट र सानिभेरी शिक्षा क्याम्पस सिमु्रतुमा अखिल क्रान्तिकारी यसअघि नै निर्विरोध विजयी भएको हो भने शितल क्याम्पस चौरजहारीमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुका विचमा भागबण्डाका आधारमा सहमतिमा स्ववियु नेतृत्व चयन गरिएको थियो।

अहिले सम्म टुंगो लागेका जिल्लाका ७ ओटै क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्। निर्विरोध भएकामा सम्पुर्ण प्यानल नै विजयी भएको छ भने र सहमतिमा भएकामा पनि सभापतिमा भने अखिल क्रान्तिकारीकै उम्मेदवार विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.