प्रदेश र स्थानीय सरकारलाई पनि आग्रह

|

काठमाडौं : कोरोना भाइरसको महामारीले मुलुक जटिलतातर्फ अघि बढेको अवस्थामा सरकारले दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यस्तो निर्णय लिइएको हो। सोमबार बस्‍ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भए पनि प्रधानमन्त्रीको निर्देशनमा दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न लागिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका गुरुङले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा उक्त निर्णय भएको बताए। 'मन्त्रिपरिषद्का सदस्यहरुले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ', उनले भने, 'यस वर्षको दशैं खर्च वापदको रकम कोरोना कोषमा जम्मा हुनेछ। प्रदेश र स्थानीय सरकारबाट पनि नेपाल सरकारबाट भएको निर्णयानुसार कोरोना कोषमा हाल्न आह्वान गरिएको छ।'

मन्त्री गुरुङले यो वर्षको दशैं सामान्य रुपमा घर परिवारमा सीमित रही मनाउनुपर्ने बाध्यता रहेको पनि सुनाए। 'संकटलाई मनन गरी त्यही अनुरुप सबैले गर्नुपर्ने आवश्यकता छ', उनले भने, 'यस पटकको दशैं सामान्य रुपमा घरपरिवारका सदस्यले मात्रै मनाउनु होला।'


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.