|

काठमाडाैं : युएईमा जारी १३ औं आइपिएलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सले शिखर धवनको ऐतिहासिक १ सय रनको योगदान बाबजुद किंग्स इलभेन पन्जाबसँग हार बेहोरेको छ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो। धवनले ६१ बलमै १ सय ६ रन बनाए पनि दिल्लीले हार टार्न सकेन। दिल्लीका लागि धवनको प्रदर्शन मात्र सम्झनलायक बन्यो। उसका अन्य ब्याट्सम्यानले व्यक्तिगत २० रन पनि बनाउन सकेनन्। शतकीय पारी खेलेका धवन नटआट रहेका थिए।

दिल्लीका पृथ्वी स केवल ११ बलमा ७ रन बनाएर आउट भए भने श्रेयस अइरले १२ बलमा १४ रन मात्र बनाउन सके। त्यस्तै २० बलमा १४ रन र सिम्रन हिटमरले ६ बलमा मात्र १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१ सय ६५ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा उत्रिएको पन्जाबले सुरुवाती खराब प्रदर्शन गरे पनि मध्यम क्रममा ब्याट्सम्यानको योगदानले जित निकाल्न सफल भयो।

पन्जाबका ओपनर ब्याट्सम्यान केएल राहुल सस्तैमा समेटिए। उनले ११ बलमा केवल १५ रन बनाए। मयंक अग्रवाल पनि ९ बलमा ५ रन बनाउँदै पेभेलियन फर्केका थिए।

तर 'युनिभर्सल बोस'को उपाधि पाएका क्रिस गेलले पन्जाबको स्कोर केही उकासे। केवल १३ बल खेलेका उनले २९ रन बनाए। यस क्रममा उनले २ छक्का र तीन चाैका हिर्काएका थिए।

पन्जाबका निकोलस पुरनले सर्वाधिक ५३ रन बनाए। उनले २८ बलमा ६ चाैका र ३ छक्का हिर्काएका थिए। त्यस्तै अर्का ब्याट्सम्यान ग्लेन म्याक्सवेल खसिगो रबडाको बलमा आउट हुनुअघि २४ बलमा ३२ रन जोड्न सफल भए।

पन्जाबले दिल्लीको लक्ष्य पाँच विकेट गुमाएर एक ओभर बाँकी छँदै भेटेको थियो।

आजको खेलमा पन्जाबका मोहमद सामीले ४ ओभरमा २८ रन दिएर दिल्लीको २ विकेट लिन सफल भए। त्यस्तै म्याक्सवेल, जेम्स नसिम र मुर्गन असिमले समान एक/एक विकेट लिए।

हारको बाबजुद १० खेल खेलेको दिल्ली ७ जित निकाल्दै तालिकाको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट पन्जाब चाैथाे जित निकाल्दै पाँचाै स्थानमा उक्लिन सफल भएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.