|

बारा : सीमा क्षेत्रमा खटिएको सुरक्षाकर्मी असुरक्षित भएको घटना आइरहेको बेलामा बारामा पुनः नेपाल प्रहरी माथि गोली हान्ने प्रयास भएको छ।

सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा ड्युटीमा रहेको प्रहरीमाथि बुधबार दिउँसो भारत बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहले गोली प्रहार गर्ने प्रयास गरेका हुन्। 

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि रोक्न खोज्दा भागेका थिए। 

प्रहरी टोलीले लखेट्ने क्रममा प्रहरीमाथि पेस्तोल हानेका थिए। तर उनको पेस्तोल नपड्किएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

‘आफैले बोकेको पेस्तोलबाट प्रहरी टोलीमाथि फायर गर्दा मिस भई फायर भयो,’ प्रवक्ता मिश्रले भने, ‘प्रहरीको तर्फबाट जवाफी कारवाही स्वरूप फायर गोली लागी कुशवाह घाइते भएका छन्।’  

प्रहरीलाई गोली हान्न खोजेका कुशवाहलाई गोली हानेर पक्राउ गरिएको छ। प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा कुशवाहको बायाँ पाखुरामामा गोली लाग्यो। गोली लागेपछि उनी भुइँमा ढलेका थिए। 

उनलाई प्रहरीले नियन्त्रणमा लिएर सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराइएको छ। 
उनको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.