|

काठमाडौं : अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीका अधिकारीहरुले डेमोक्रेटिक मतदाताहरुलाई इरानले धम्कीपूर्ण इमेल पठाएको आरोप लगाएका छन्।

नेशनल इन्टेलिजेन्सका निर्देशक जोन  र्‍याटक्लिफले ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिने बताएका छन्।

अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छँदा नेशनल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन्। र्‍याटक्लिफले दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको आरोप लगाए। उनले इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवम् असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको आरोप लगाए।

चुनावी दिन नजिकिएको बेला वासिंटनमा अकस्मात् गरिएको त्यस्तो ब्रिफिङमा संघीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर वारे समेत सहभागी थिए। उनले त्यहाँ अमेरिकी चुनाव सुरक्षित र त्यस्ता कुरा सहन गर्न सक्ने रहेको बताए।

रुसले सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको भन्दै व्यापक रूपमा आलोचित हुने गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.