कोरोना संक्रमितले पैसा धरौटी राख्नुपर्ने

|

काठमाडौं : सर्वोच्च अदालतले पिसिआर परीक्षण शुल्क निशुल्क गर भनिरहेको समयमा र सरकारले तोकेको पिसिआर परीक्षण न्युनतम शुल्क २ हजार भएपनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षण शुल्क २ हजार २ सय लिने भएको छ।

आर्थिक रुपले विपन्न अशक्त र असहाय नागरिक, एकल महिला अनि अपाङ्गता, ज्येष्ठ नागरिकहरुलाई लक्षण देखिएमा सिफारिस र परिचय पत्रको आधारमा निशुल्क परीक्षण गरिने समेत प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिष्ठानले कोभिड संक्रमितको उपचारको लागि अबदेखि शुल्क लिने भएको छ। लक्षण नभएका संक्रमितले ७ हजार धरौटी राख्नुपर्ने, हल्का लक्षण भएकोले १२ हजार, मध्यम लक्षण भएकोले ३५ हजार गम्भीर अवस्थामा रहेकाले ६० हजार धरौटी राख्नुपर्ने व्यवस्था गरेको हो।

लक्षण नभएकाहरु अस्पताल भर्ना भएमा दिनको २ हजार तिर्नुपर्ने पनि बताइएको छ। हल्का लक्षण भएकाले ३५ सय, मध्यम लक्षण भएकाले ७ हजार ५ सय र गम्भीर लक्षण भएकाले १५ हजार तिर्नुपर्ने बिपी प्रतिष्ठानले निकालिएको विज्ञप्तिमा बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.