काठमाडौं : राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ।
गीतकार श्रीराम थापाको शब्द रचना अनि गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ।
गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठलाइ फिचर्ड गरिएको छ। फराज अर्पणले छायाँकन र सम्पादन गरेको भिडियोलाई गीतकार श्रीराम थापाको अफिसियल युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत सार्वजनिक गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।