|
फाइल फोटो

संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिका –४ मा चितुवाको आक्रमणबाट ३ जना घाइते भएका छन्। घाइते हुनेमा  धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली रहेको धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्र  सिंह लिङ्खाले बताए।

बिहीबार बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयले प्रतिकार गरेका थिए। चितुवाको प्रतिकार गर्न क्रममा तीन जना घाइते भएको वडाध्यक्ष लिङ्खाले जानकारी दिए।

घाइत तीनमध्ये धन बहादुर र टंकको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ। बिहीबार बिहान गाउँ पसेको चितुवाले हुम्लिङमा १३ वटा खसी बाख्रा मारेको वडाध्यक्ष लिङ्खाले बताए।

चितुवाले टंक श्रीपालको ७ वटा, जसबहादुर लिङ्खाको १ लिला श्रीपालीको ५ वटा बाख्रा मारेको थियो। चितुवाको आक्रमणबाट घाइते भएकाहरुको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.