|

मुगु : पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारामा सरसफाई गरिएको छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण सुनसान बनेको रारा क्षेत्रमा केही दिनदेखि आन्तरिक पर्यटकको चहलपहल बढेसँगै राराको सौन्र्दयता बचाइराख्न नेपाली सेनाले राराताल क्षेत्रको वरपर सरसफाइ गरेको हो।

कोराना महामारीका कारण ६ महिनादेखि सुनसान रहेको रारामा पछिल्लो केही दिनदेखि पर्यटक आउन थालेपछि रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदल गुल्मको आयोजन र नेपाली सेना २४ नम्बर बाहिनी अड्डाको संयोजनमा बुधबार रारा ताल क्षेत्र वरपर सरसफाइ गरिएको नेपाली सेना श्रीदल गुल्म रारा हुटुले जनाएको छ।

यो समय रारा घुम्नका लागि उपयुक्त समय मानिन्छ। तर कोराना भाइरसका काररण अघिल्ला वर्षहरुमा दशैं तिहारको बिदाको समयमा रारा आउनेहरुको संख्या दिनहुँ सयौं हुन्थ्यो। यो वर्ष कोरोनाका कारण चैत्रदेखि रारा क्षेत्र सुनसान छ। केही दिन यता आन्तरिक पर्यटकहरुको चहलपहल देखिन थालेपसछ राराको सौन्र्दयता बचाइराख्न र राराताल क्षेत्र वरपर फोहोर हुन नदिन नेपाली सेनासँगको समन्वयमा त्यस क्षेत्रका होटल एवं पर्यटन व्यवसायीहरुले रारा क्षेत्रको फोहोर संकलन गरी सरसफाइलाई निरन्तरता दिन थालेको नेपाली सेना श्रीदल गुल्मका गुल्मपति प्रतिकसिंह कार्कीले बताए।

रारा ताल किनारमा फालिएका प्लास्टिजन्यु वस्तु र शिशा, होटल र कार्यालयबाट निस्केका फोहोर संकलन गरेको सेनाले बताएको छ। ताल वरपर करिब २०० किलो फोहोर संकलन गरिएको  श्रीदल गुल्मका गुल्म पती कार्काीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.