|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। मुख्यमन्त्री शाहीविरुद्ध प्रधानमन्त्री ओली पक्षका प्रदेशसभा सदसयहरु लगायतले  संसदीय दलमा १८ जना प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव यसअघि दर्ता गराएका थिए।

दलको कार्यालयमा पेश भएको अविश्वासको प्रस्ताव  बुधबार दलको बैठकमा निर्णयार्थ पेश भएको थियो। दलकी प्रमुख सचेतक सीता नेपालीले दलको कार्यालयमा पेश भएको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत भएको घोषणा गरिन्। अविश्वासको प्रस्तावको विपक्षमा १८ जना प्रदेशसभा सदस्यहरुले मत राखेका थिए। 

प्रचण्ड पक्षीय १० जना र माधव नेपाल पक्षीय ८ जना प्रदेशसभा सदस्य सहभागी रहेको दलको बैठकले अविश्वासको प्रस्ताव विफल पारेको छ।

उता अविश्वासको प्रस्तावका लागि नेतृत्व गरेका ओली समूहका यामलाल कँडेल लगायतका नेताहरु भने संसदीय बैठकमा अनुपस्थित रहेका छन्।  सरकारमा सहभागी रहेका ओली पक्षीय मन्त्री दल रावल र नन्द सिं बुढा पनि बैठकमा अनुपस्थित रहेका छन्।

नवनियुक्त दलका प्रमुख सचेतक र सचेतकले  पदभार ग्रहणसमेत गरेका छन्। अविश्वासको प्रस्तावका विरुद्ध बैठकमा उपस्थित प्रदेश सभाका सदस्यहरू  

प्रचण्ड खेमाका

महेन्द्र बहादुर शाही

नरेश भण्डारी

विन्दमान विष्ट

सीता नेपाली

गोपाल शर्मा

विमला केसी

रातो कामी

वीरबहादुर शाही

गणेशप्रसाद सिंह

कृष्णा शाह

नेपाल समूहका

प्रकाश ज्वाला

चन्द्रबहादुर शाही

अम्मरबहादुर थापा

कुर्मराज शाही

करवीर शाही

सुशील थापा

पदमा खड्का

देवी ओली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.