|

 

 

ढुकढुकीको झङ्कार कस्तो हुन्छ, आफ्नो मनलाई सोध

मबिनाको संसार कस्तो हुन्छ, आफ्नो मनलाई सोध

 

पक्कै लान्छौ भन्ने ठानी आफैँलाई लीलामीमा

राखिएको बजार कस्तो हुन्छ, आफ्नो मनलाई सोध

 

तिमी आउने उमङ्गले शिशिरमै अनायासै

उर्लिएको बहार कस्तो हुन्छ, आफ्नो मनलाई सोध

 

प्राप्ति मात्र होइन प्यार, रेटिइँदा प्यारमा नै

प्यारको धार कस्तो हुन्छ, आफ्नो मनलाई सोध।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.