|
फाइल फोटो

काठमाडौं : उपत्यकामा यसपटक किसानले ल्याएका खसीबोका न्यून देखिएका छन्। 

कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन्। काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सीधै खसीबोका ल्याएर बिक्री गर्ने गर्छन्। 

आजको दिन(फूलपाती) काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिए पनि गत वर्षजस्तो व्यापार छैन। 

कोरोना संक्रमण जोखिमका कारण पर्याप्त मात्रामा खसीबोका ल्याउनसमेत नसकेको किसानलहरुले बताएका छन्। यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारिक रुपमै हुने गर्छ।

अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि किसानको खसीबोकामा ग्राहकको भीड लाग्ने गरेको छ। तर यसपटक संक्रमण जोखिमका कारण ग्राहकको भीड छैन। 

धेरै वर्षदेखि काठमाडौंमा यसैगरी दशैंको समयमा खसीबोका बिक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र पर्याप्त मात्रामा नपाइएका कारण ग्राहकले गत वर्ष भन्दा भढी मूल्य तिर्नुपर्ने बताए। 

काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका बिक्री गर्दा पशुचौपायाँको बिक्री गर्दै आएका विभिन्न व्यवसायिक संस्थाहरुले भने विरोध गर्ने गरेका छन्। तर काठमाडौंका ग्राहकले सीधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन्।

किसानहरुले काठमाडौंमा षष्ठीको दिन खसीबोका ल्याउने र नवमीको दिनसम्म बिक्री गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.