|

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले दशैँ बिदामा पनि पिसिआर परीक्षण गर्ने भएको छ। धेरैजसो पिसिआर ल्याबहरू दशैँका कारण शुक्रबारबाट बन्द भएको भए पनि केएमसीले भने दशैको बिदामा पनि कोरोना परीक्षण जारी राखेको हो।

कोरोनाको महामारीका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुने भएकाले दशैँ बिदामा पनि २४ सै घण्टा पिसिआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाइएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बताए।

अहिले जटिल अवस्था भएकाले दशैँ बिदामा पनि पिसिआर परीक्षण नियमित गर्ने व्यवस्था मिलाएका छौं ,’ डा.शर्माले भने,‘२४ सै घण्टा हाम्रो ल्याब खुला हुन्छ। अहिले पनि धमाधम पिसिआर परीक्षण भइरहेको छ।’

केएमसीको सिनामंगल र दुवाकोटका दुवै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पिसिआर परीक्षण गरिँदै आएको छ। गत असार १४ गतेबाट पिसिआर परीक्षण थालेको केएमसीले हालसम्म ३२ हजार भन्दा बढी स्वाब परीक्षण गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.