|

काठमाडौं : रुखको हाँगाले लागेर पाँचथरको फिदिममा एक जनाको मृत्यु भएको छ। ताप्लेजुङको दोखु–३ घर भई फिदिम बस्दै आएका ४२ वर्षीय हेमकुमार पालुङवाको मृत्यु भएको हो।

रुख ढाल्ने पाँचथरको मेमेङ–२ का ५० वर्षीय आइतराज केरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केरुङले ढालेको रुखको हाँगाले पालुङवालाई लागेको प्रहरीले जनाएको छ। हाँगाले लाग्दा गम्भिर घाइते उनको जिल्ला अस्पताल फिदिममा पु¥याए लगत्तै मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विज्ञान वस्नेतका अनुसार मृत्यू भएका पालुङवाले रुखको हाँगा काट्न र केरुङले रुख काट्ने ठेक्का लिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.