|

बाँके : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको हो। 

नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई असोज २६ गते अस्पताल भर्ना गरिएको थियो। भर्ना गरे लगत्तै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए। उनलाई असोज २७ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियोे। 

रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ। नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बङले जानकारी दिए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.