|

अर्घाखाँची : रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका-७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको हो।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए।

डा. गौतमका अनुसार उनी फोक्सोका दीर्घ रोगी थिए। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार उनको मृत्युसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या रुपन्देहीमा ५६ र लुम्बिनी प्रदेशमा १४१ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.