|

जाजरकोट : छेडागाड नगरपालिका-३ दशेरामा माटो खन्दा आएको माटोको ढिस्कोले पुरिँदा आज दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छेडागाड नगरपालिका-३ की ३० वर्षीया शीतला जैसी, १६ वर्षीया आरती दाहालको मृत्यु भएको छ। अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी  प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ।

नलगाड नगरद्वारा पाँच सय गरिलाई खाद्यान्न

यस्तै, जाजरकोट  नलगाड नगरपालिका भित्रका १३ वटा वडामा रहेका ५०० गरिब तथा विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न, तेल तथा दाल वितरण गरिएको छ।

प्रत्येक वडाका विपन्न वर्गका परिवार छनोट गरी दशैँलाइ लक्षित गरी राहतस्वरूप खाद्यान्न वितरण गरिएको  नगरप्रवक्ता राममाया हमालले जानकारी दिए। वडा नं १ मा ५८ परिवार, वडा २ मा ३१ परिवार, वडा ३ मा ४३ परिवार, वडा ४ मा ३४ परिवार, वडा ५ मा ४७ परिवार र वडा न. ६ मा ३९ परिवारलाई तेल, खाद्यान्न , दाल वितरण गरिएको छ।

त्यस्तै वडा नं ७ मा ४० परिवार , वडा नं ८ मा ५८ परिवार, वडा ९ मा २८ परिवार, वडा नं १० मा २६, वडा नं ११ मा २४ परिवार, वडा नं १२ मा ३७ परिवार र वडा १३ मा ३५ परिवारसमेत वितरण गरिएको छ। कोरानाका कारण कमाउन जान नपाएर दशै मनाउन समस्या भएका परिवारलाई विशेष ध्यानमा राखि खाद्यान्न वितरण गरिएको  प्रवक्ता हमालले जानकारी दिए।

नगर सरकारले गरिवीकै कारण खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्रीबाट बन्चित हुन नपरोस् भनेर समानताका आधारमा खाद्यान्न वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.