|

काठमाडौं : गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो। ईश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन्।

प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा क्षेत्री सहित एन्जिला बानियाँको अभिनय रहेको छ। गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी देखिन्छन्। पोखरामा रहेर संगीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालको यो पहिलो लोक गीत हो।

यसअघि बस्यालले जीवन सुनारको शब्द संगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्द संगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरि, दिपक शर्माको शब्दसंगीतमा ढाट्यो मायाले लगायतका गीत सार्वजनिक गरिसकेका छन्। लोक गीत संगीतबाटै आफ्नो सांगीतिक यात्रा शुरुवात गरेका बस्याल आफ्नी आमाको प्रेरणाबाट गीतसंगीत क्षेत्रमा छिरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.