'पुँजीगत खर्च कमजोर रहेकाले त्यस्ता कानुनलाई सुधार गर्नुपर्ने आवश्यकता छ'

|

काठमाडाैं : पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। 

कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताएका हुन्।  

शनिबार एक कार्यक्रममा अर्थमन्त्री पाैडेलले कतिपय कानुनी नियमगत प्रबन्ध अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता तिनलाई सुधार गर्दै पुँजीगत खर्च बढाउने योजनामा आफू रहेको बताएका छन्। 

वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनै पनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा पनि आफू रहेको अर्थमन्त्री पौडेलले बताए।

‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पुँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ, यो अवस्थामा सुधार ल्याउन हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ। त्यसबाहेक हाम्रा कतिपय प्रबन्धह कानुनी नियमगत प्रबन्धहरु छन् वा अरु चिजहरु जसले पुँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भनेदेखि ती चिजमा पनि हामी समग्रतामा समीक्षा गर्छौं र आवश्यक निर्णय लिँदै बढ्छौं र पुँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं,’ पाैडेलले भने। 

राजश्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतिपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए। बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजश्व संकलनमा चुनौती थपिएको बताए।

तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजश्व संकलनको स्थितिअनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको उनले बताए।

'बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवर्द्धनामा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौं। त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजश्वको लक्ष्य पूरा गरौंला या धेरै नजिक पुगौंला भन्ने पूर्वानुमानमा छौं,’ उनले आशा देखाए। 

यस्तै सरकार र राज्यका विभिन्न किायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए। सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायत विषयमा आफू रणनीतिक रुपमा बढ्ने तयारीमा रहेको पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.