|

कञ्चनपुर : घरायसी विवादमा पुनर्वास नगरपालिका–३ सुकुम्बासी बस्तीका एक जनाले आफ्नै आमाको हत्या गरेका छन्। 

विवाद हुँदा शनिबार राति ३० वर्षीय पप्पु वादीले कुटपिट गरी ६० वर्षीया आमा पार्वतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए। कुटपिटपछि घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

पार्वतीको शव परिक्षणका लागि अस्पतालमा राखिएको छ। हत्यामा संलग्न पप्पुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानको कार्य गरिरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.