|

काठमाडौं : दीपकराज गिरी निकै रुचाइएका हास्य कलाकार हुन्। रेडियो कार्यक्रम तथा टेलिसिरियल हुँदै स्थापित भएका यी कलाकार हाल फिल्म निर्माणमा सक्रिय छन्।

उनले निर्माण गरेका ३ फिल्म छ एकान छ, वडा नं. छ र छक्का पञ्जा सर्वाधिक रुचाइएका फिल्म हुन्। तीनवटै फिल्ममा उनको अभिनय देख्न सकिन्छ। छक्का पञ्जा त हालसम्म सबैभन्दा बढी कमाउने नेपाली फिल्म पनि हो।

गिरीमा सानैदेखि कलकारितातर्फ रुची थियो। 'म सानैदेखि फिल्मको पारखी थिएँ। गाउँघरमा पनि जहिल्यै फिल्मका संवादहरु बोलिरहन्थेँ, त्यसैले गाउँमा मलाई फिल्मी कान्छो पनि भन्दथे।'

'यदि कलकारितामा नआउनु भएको भए?' थाहाखबरको प्रश्नमा दीपक भन्छन्, 'कलकारिता क्षेत्रमा नआएको भए यही बन्छु भन्ने थिएन, तर जे बन्थेँ, जुन क्षेत्रमा हुन्थेँ असफल हुन्थेँ।' उनी प्रहरीमा भर्ति भएपछि प्रशिक्षणका क्रममा भागेका रहेछन्। 'म असई भर्ति भएको थिएँ। त्यहाँ ट्रेनिङमा बिताएको एकदिन पनि एक वर्षजस्तो लाग्थ्यो, त्यसैले ट्रेनिङ छाडेर भागेँ,' उनले विगत सुनाए।

'यदि कलकारिता क्षेत्रमा नआएको भए त कतै टिचर भइन्थ्यो वा कुनै जागिरे होइन्थ्यो', उनले थपे। उनलाई सानैदेखि नै फिल्म भूत चढेको थियो। 'मैले जब आफूलाई बुझ्ने पाएँ, त्यही बेलादेखि नै कलकारिता क्षेत्रमा नै आउने सोचेँ,' दीपक भन्छन्। 'फिल्मको काम गर्नुपर्‍यो भने राति १ बजेसम्म पनि बस्न सक्ने तर, अरु काम गर्न जागर नचल्ने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.